श्रेणी : अर्थ
      85Views
      
      
      0
      Shares
      
      
काठमाडौं, भदौ २२ गते
सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको थियो । त्यस्तै, महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया