श्रेणी : अर्थ
काठमाडौं, १५ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर वित्तीय साक्षरता र बैंकिङ्ग सचेतनाका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका मुख्य शहरहरूमा प्रभातफेरीमार्फत जनचेतना अभिवृद्धिको पहल गरेको हो।
कान्तिपथस्थित शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी काठमाडौँका मुख्य भागहरूमार्फत सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, उच्च व्यवस्थापन, र १,५०० भन्दा बढी कर्मचारी सहभागी भए।
काठमाडौं उपत्यकाबाहेक सातै प्रदेशका प्रमुख सहरहरूमा पनि प्रभातफेरी सम्पन्न गरियो। सहभागीहरूले वित्तीय साक्षरता र बैंकिङ्ग शिक्षाका सन्देशहरू भएका प्लाकार्ड र व्यानरसहित सहभागिता जनाएका थिए।
बैंकले यस कार्यक्रममार्फत जनमानसमा वित्तीय चेतना बढाउँदै सामाजिक उत्तरदायित्वलाई अघि बढाएको छ।
प्रतिक्रिया