वीरगन्ज :

ग्रिनसिटी सामुदायिक केन्द्रद्वारा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

3 months
Pradeep Sah
3.0kViews
1504 Shares

वीरगन्ज,०१ साउन । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगन्जको संयुक्त आयोजनामा बिहीबार एक विशेष कार्यक्रमका बीच “फेरी भेटौँला तथा विदाई समारोह” सम्पन्न गरिएको छ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर वीरगन्जका कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई सम्मानपूर्वक विदाई गरिएको थियो। धिमाललाई खादा, टीका, माला, दोसल्ला र शान्तिको प्रतीक मायाको चिनो सहित सम्मान गरिएको हो। सो अवसरमा उनको कार्यकालमा भएका उल्लेखनीय योगदानको प्रशंसा गरिएको थियो।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र अदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले धिमालको कार्यशैली र समुदायप्रतिको समर्पणको प्रशंसा गर्दै भने, “धिमालज्यूको कार्यकालमा समुदाय र सुरक्षाबीचको समन्वय अझ मजबुत भएको छ। उहाँको लगनशीलता र सेवा भावलाई हामी सधैं सम्झिरहनेछौं।”

समारोह अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न निकायका पदाधिकारी, सामुदायिक प्रहरीका पदाधिकारी, आजीवन सदस्य र सञ्चारकर्मीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। उक्त कार्यक्रममा रुङटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुङटा, सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी, सञ्चारकर्मी अजित भुजेल, सन्तोष रन्जितकार, अभिलाष गुप्ता, सुश्मिता यादव, लगायतको उपस्थिति थियो।

त्यसैगरी ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा, सदस्य शुशिल कादमियाँ, प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दार अजिता घिमीरे, प्रहरी जवान अमर सिंह साउद पनि उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *