वीरगन्ज :

गौर भन्सारले छ महिनामा ८५ प्रतिशत राजस्व सङ्कलन

श्रेणी : अर्थ

1 week
Pradeep Sah
1.7kViews
1022 Shares

जनकपुर, १३ माघ । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा निर्धारित लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ। निमित्त प्रमुख अमेन्द्र सिंहका अनुसार, साउनदेखि पुस मसान्तसम्म कार्यालयले रु. १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गरेको हो।

चालू आर्थिक वर्षका लागि भन्सार विभागले रु. ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो। कार्यालयले पुस महिनामा मात्रै रु. ३ करोड ४७ लाख १४ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ, जुन लक्ष्यभन्दा १७ प्रतिशतले बढी हो।

प्रमुख सिंहका अनुसार, साउनदेखि पुससम्मको अवधिमा राजस्व सङ्कलनको प्रगति सन्तोषजनक रहेको र आगामी महिनाहरूमा लक्ष्य हासिल गर्न अझ प्रभावकारी कदम चालिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *