वीरगन्ज :

गौर नगरपालिकाको जग्गा बिक्री प्रकरणमा स्थानीयको विरोध

श्रेणी : अपराध

4 months
Pradeep Sah
1.7kViews
1306 Shares

रौतहट,२५ फाल्गुन । रौतहटको गौर नगरपालिकाका जनप्रतिनिधिहरूले गौर राइस मिलको जग्गा भूमाफियासँग मिलेर बेच्न लागेको आरोप लगाउँदै स्थानीयहरूले नगरपालिका अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनमा पूर्वमेयर एवं एमाले नेता अजय गुप्ता, नेपाली कांग्रेसका नेता मोहन यादवसहित सयौं स्थानीयको सहभागिता रहेको थियो। उनीहरूले नगरपालिकाका जनप्रतिनिधिहरूको भूमिकामाथि प्रश्न उठाउँदै जग्गा संरक्षणको माग गरेका छन्।

प्रदर्शनकारीहरूले रौतहट जिल्ला क्रिकेट संघको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै संघप्रति पनि आक्रोश व्यक्त गरेका छन्।

स्थानीयहरूले नगरपालिकाले ऐतिहासिक सम्पत्तिलाई जोगाउनुपर्नेमा उल्टै निजी व्यक्तिहरूसँग मिलेर बिक्री गर्ने योजना बनाएको भन्दै विरोध जनाएका छन्। उनीहरूले यस विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्।

प्रदर्शनपछि स्थानीयहरूले नगरपालिकासँग स्पष्टिकरण माग गर्ने र कानुनी लडाइँ अघि बढाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *