वीरगन्ज :

गोली प्रहारबाट बारामा भारतीय नागरिकको मृत्यु

श्रेणी : मधेस

3 years
birgunj report
28Views
0 Shares

वीरगंज । गोली प्रहारबाट बारामा भारतीय नागरिकको मृत्यु भएको छ। शुक्रबार साँझ गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिवपुजन यादवको मृत्यु भएको हो । बाराको बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल आएका दुई व्यक्तिले यादवलाई गोली प्रहार गरेका थिए ।

उनको कोखामा गोली लागेको थियो । बाराको एलएस न्युरो अस्पतालमा पुर्याउँदा चिकित्सकले मृतक घोषणा गरेका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *