वीरगन्ज :

गैरहाजिर प्रहरी कर्मचारी खोज्दै प्रधान कार्यालय

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.5kViews
1372 Shares

काठमाडौं,१० चैत । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका आफ्ना कर्मचारीहरूको खोजी थालेको छ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले माघ महिनादेखि अनुपस्थित रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। तीमध्ये दुई जना प्रहरी सहायक निरीक्षक (असई) समेत छन्।

प्रधान कार्यालयले गैरहाजिर भएका कर्मचारीलाई सात दिनभित्र अनुपस्थितिको कारणसहित स्पष्टिकरण दिन भनेको छ। तोकिएको समयसीमाभित्र सन्तोषजनक विवरण पेश नगरे प्रहरी नियमावलीअनुसार कारबाही अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।

प्रहरी संगठनले अनुशासनलाई उच्च प्राथमिकता दिँदै आएको भन्दै प्रधान कार्यालयले कुनै पनि कारणविना गैरहाजिर हुनेलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *