वीरगन्ज :

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सम्भव छैनः प्रचण्ड

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले दिएको समयसीमा भित्र नै देशले नयाँ प्रधानमन्त्री पाउने बताएका छन् ।

सोमबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकसाताभित्र देशले नयाँ प्रधानमन्त्री पाउने बताएका हुन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता महत्वपूर्ण पदहरुको टुङ्ंगो प्याकेजमा लगाउने गरी छलफल तीव्र पारिएको बताए ।

उनले भने, ‘गठबन्धनबाटै प्रधानमन्त्रीको उम्मेदवार हुन्छन्, त्यो म पनि हुनसक्छु ।’ राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता महत्वपूर्ण पदहरुको टङ्ंगो प्याकेजमा लगाउने गरी छलफल तीव्र पारिएको छ । एक साताभित्रै देशले प्रधानमन्त्री पाउँछ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्नकै लागि आफूले सबै चीज दाउमा नलगाउने बताए । प्रधानमन्त्रीको जिम्मेवारी दिएमा त्यसलाई सहर्ष ग्रहण गर्ने तर प्रधानमन्त्रीमा आफ्नो दाबी भने नरहेको उनले बताए । सत्ता गठबन्धनका दलहरु, एमाले र नयाँ अस्तित्वमा आएका पार्टीहरुसँग पनि छलफल भएको उनको भनाइ थियो ।

उनले भने, ‘माओवादी–एमाले, कांग्रेस–एमालेबीच पनि कुरा भइरहेको छ। गठबन्धनमा आबद्ध सबै राजनीतिक दलहरुले एमालेसँग छलफल गरिरहेको छ। कुरा हुने कुराले नै टुंगो र निष्कर्षमा पुग्यो भन्न सोच्न हुन्न। गठबन्धनमा छौं हामी गठबन्धन नै कायम रहन्छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षक रही रेशमपत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीलगायतका दलका नेताहरुसँग निरन्तर कुराकानी भएको छ । तर कसरी अगाडि बढ्ने भनी आफूहरु टुंगोमा पुगिसकेका छैनौं ।’

उनले सत्ता गठबन्धनका दलहरुबीच आलोपालोमा देशको नेतृत्व गर्ने सहमति निर्वाचन अघि भएको दाबी गरे । उनले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन सम्भव नभएको प्रष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *