वीरगन्ज :

गैँडाकोटमा बसको ठक्करबाट पर्साका अर्जुन महतोको मृत्यु

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.3kViews
1213 Shares

बीरगन्ज,३० माघ । गैँडाकोटमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक अर्जुन महतोको उपचारका क्रममा निधन भएको छ।

पर्साको धोबिनी गाउँपालिका–३ निवासी २८ वर्षीय महतोको चितवन मेडिकल कलेजमा दिउँसो ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

मंगलबार बिहान करिब ९ बजे गैँडाकोट नगरपालिका–१, मिलनचोकस्थित उज्यालो कार्यालय नजिकै बा ५ ख ६२५२ नम्बरको बसले महतो सवार ना ४३ प ५०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

गम्भीर घाइते भएका महतोको अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। लामो समयदेखि गैँडाकोट क्षेत्रमा घर निर्माण ठेकेदारका रूपमा कार्यरत महतोका पत्नी, दुई छोरी र एक छोरा छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *