वीरगन्ज :

गृह मन्त्रालय विधि र पद्धति भन्दा बाहिर जाँदैनः गृहमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
19Views
0 Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले फरार सूचीमा रहेका सांसद संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेपछि गृहमन्त्रीले जवाफ दिँदै विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताएका हुन् ।

उनले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबाव प्रभावमा नपार्न आग्रह गरे । उनले भने, ‘फरार रहेका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *