वीरगन्ज :

गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछाने बुधबार अपरान्ह काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।

राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला गृहमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *