वीरगन्ज :

गृहमन्त्रीको सांसद पद खारेज हुनुपर्ने जिकिर

श्रेणी : BANNER

2 years
birgunj report
21Views
0 Shares

काठमाडौँ । कानुन व्यवसायीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गरेका छन् ।

उनीविरुद्धको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस गर्दै कानुन व्यवसायीले लामिछाने सांसद बन्न आयोग्य रहेको जिकिर गरेका हुन् । युवराज पौडेल र रविराज बसौलाले दायर गरेको रिटमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले निर्वाचनमा उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने स्पष्ट व्यवस्था भएकाले लामिछाने सांसद बन्न अयोग्य भएको जिकिर गरे ।

भण्डारीले लामिछानले २०५० साल फागुन १० गते जिप्रका काठमाडौंबाट पहिलो पटक नागरिकता लिएको र अमेरिकामा २०७० फागुन ९ गते त्यहाँको नागरिकता पाएको उल्लेख गरे ।

भण्डारीले २०७५ जेठ १४ मा लामिछानेले अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको तर नेपालको नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया भने पूरा नगरेकाले उनी उम्मेदवारी दर्ताका बेलासम्म नेपाली नागरिक नभएको जिकिर गरेका छन् ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकाले उनी अहिले पनि विदेशी नागरिक नै रहेको उनले दाबी गरे ।

वरिष्ठ अधिवक्ता भण्डारीले निर्वाचन आयोगमा रवि लामिछानेले दिएको स्पष्टीकरणमा पनि पुनः नेपाली नागरिकता प्राप्त नगरेको स्वीकार गरेकाले उम्मेदवार बन्न अयोग्य भएको पुष्टि भएको बताए । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१)मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः खारेज हुने उल्लेख छ ।

शुक्रबारको इजलासले अन्तरिम आदेश दिएमा लामिछानेको सांसद पद अयोग्य हुनेछ । तर सर्वोच्चले अन्तरिम आदेश नदिएमा भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनको सांसद र मन्त्री पद कायमै रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *