श्रेणी : समाज
85Views
0
Shares
बुटवल । जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउपालिका वडा नम्बर नम्बर तीनका १३ वर्षीय बालक दीपक मुखिया छन् । बिहीबार धुर्कोट गाउपालिका वडा नं ३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका उनी जलेर घाइते भएका थिए ।
प्रहरीका अनुसार उनको टाउको जलेको अवस्थामा उद्धार गरी जिल्ला अस्पताल तम्घासमा ल्याइएको थियो। गम्भीर घाइते उनलाई तम्घासमा उपचार सम्भव नभएपछि पाल्पा पठाइएकोमा मुखियाको गएराति मृत्यु भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया