 
						श्रेणी : BANNER
      51Views
      
      
      0
      Shares
      
      
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । निवेदकका कानून व्यवसायीले आज पेशी तोकिएको रिटको सुनुवाइ स्थगित गराएका हुन् । पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको बैंकिङ कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो ।
अदालतमा विचाराधीन भएको मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
 
     
    
 
     
									 
									 
         
        
प्रतिक्रिया