वीरगन्ज :

गुन्डागर्दीविरुद्ध प्रहरी अभियान तीव्र, संलग्न युवाहरू काठमाडौं छाड्न थाले

श्रेणी : BANNER

9 hours
Pradeep Sah
1.7kViews
1747 Shares

काठमाडौं,२१ चैत । राजधानीमा गुन्डागर्दीविरुद्ध प्रहरीले चलाएको विशेष अभियानपछि आपराधिक गतिविधिमा संलग्न केही युवाहरू काठमाडौं छाड्न थालेका छन्।

प्रहरीका अनुसार अभियान तीव्र बनेसँगै विभिन्न आपराधिक पृष्ठभूमिका व्यक्तिहरू लुकेर बस्ने वा उपत्यका छोड्ने अवस्थामा पुगेका हुन्।

यसैक्रममा सिन्धुपाल्चोक घर भई बौद्ध क्षेत्रमा बस्दै आएका कबित कटुवाल प्रहरीको पक्राउ अभियानपछि काठमाडौं छाडेर फरार भएको प्रहरीले जनाएको छ। उनी यसअघि ललितपुर प्रहरीले समेत पक्राउ गरिसकेका व्यक्ति हुन्।

प्रहरीका अनुसार कटुवाल मिटरब्याज तथा धम्कीका गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ।

त्यसैगरी गएराति काठमाडौं उपत्यकामा गरिएको संयुक्त अपरेशनमा १७ जना व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरू गुमागाइ लगायतका नाम रहेका छन्।

प्रहरीले गुन्डागर्दी, धम्की र आपराधिक गतिविधि नियन्त्रणका लागि अभियान निरन्तर जारी रहने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *