श्रेणी : मधेस
वीरगंज (पर्सा), २८ चैत । गुणस्तरिय शिक्षा तथा समावेशी शिक्षा सम्बन्धी सिकाई आदानप्रदान कार्यक्रम मंगलबार वीरगंजमा सम्पन भएको छ ।
एनईसी नेपालको आयोजनामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले हाम्राे पालिकाको क्षमता र बजेटले भ्याए सम्म एनईसी नेपालका कार्यक्रमलाई सहयोग गर्ने बताए । उनले हाम्राे पालिकाको कुल बजेटको ४४ प्रतिशत शिक्षामा नै लगानी भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष यादवले शिक्षा नै सब थोक भएकोले शिक्षामा लगानी गरी पालिकालाई सर्बाेत्कृष्ट बनाउने लक्ष्य पनि रहेको बताए ।
पोखरीया नगरपालिकाकी उपप्रमुख रुबी ठाकुरले पहिला भन्दा अब शिक्षामा सुधार भएको बताईन । उनले शिक्षाका लागी हरेक तरिकाबाट सहयोग गरिरहेको र अब आउने दिनहरुमा पनि गर्ने प्रतिबद्धता जनाईन ।
गैररसरकारी संस्थाा महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले कसैलाई गाली र आरोप लगाएर समावेशी र गुणस्तरिय शिक्षा हुन नसक्ने बताए । उनले शिक्षक, अभिभावक, विद्यार्थी तथा पालिकाको सहयोग बिना समावेशी र गुणस्तरिय शिक्षाको परिकल्पना गर्नु मुर्खता बाहेक केही हुन नसक्ने बताए । निजी विद्यालयका बिधार्थीहरु भन्दा सरकारी विद्यालयका बिधार्थीहरु बढी भन्दा बढी लोक सेवामा नाम निकाल्न सफल भएको जिकिर गरे ।
सरकारी विद्यालयका शिक्षक र बिधार्थीहरुको मनोवल गिराउनु भन्दा सेवा सुबिधा दि मनोवल उच्च बनाउदा समावेशी र गुणस्तरिय शिक्षामा टेवा पुग्ने अध्यक्ष साहले बताए । धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबनीका वडाध्यक्ष मनउर मियाले हामी सबै जनाको साझा प्रयासबाट शिक्षा समावेशी र गुणस्तरीय हुनसक्ने बताए ।
समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको सिकाई आदानप्रदान कार्यक्रममा शिक्षक चन्देश चौहान, पत्रकार माधुरी महतो, समाजसेवी दुलार्चन साह लगायतकाले मन्तब्य राखेका थिए । एनईसीका प्रशिक्षक तथा अनुसंधानकर्ता डा. प्रमोद केसी, एसवोडिसीका ललन पटेल र रोजिनाले बिभिन्न बिषयमा प्रस्तुती तथा छलफल गराएका थिए ।
प्रतिक्रिया