२०८२ बैशाख १९, शुक्रबार

वीरगन्ज :
०९:१९:४४

गुजराजतमा पुल भाँचिदा मृत्यु हुनेको संख्या एकसय नाघ्यो

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
15Views
0 Shares

भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा एकसय भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ । मोरबी सहरमा भएको घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए । भिडियो फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे ।

घटना हुँदा लगभग ४ सय मानिसहरू उक्त पुलमा थिए । उक्त राज्यका एकजना मन्त्री ब्रिजेश मेर्जाका अनुसार ८० जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ ।

मर्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो २३० मिटर लामो औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो ।

स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो । आइतबार साँझ ६ः४० तिर उक्त दुर्घटना भएको थियो । पुल खस्ने अवस्था के कारण सिर्जना भयो भन्ने अझै प्रस्ट हुन सकेको छैन ।

तर स्थानीय अधिकारीहरूले दीपावलीको छुट्टीले गर्दा त्यहाँ निकै धेरै मानिसहरू जम्मा भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *