 
						श्रेणी : राजनीति
      69Views
      
      
      0
      Shares
      
      
काठमाडौं । भदौ ५ गते
 नेता प्रदीप गिरिको निधनप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुस्ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत गिरिको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै गिरिको दर्शन, विचार सदैव अमर रहने बताएका छन् । 
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाजवादी चिन्तक, मेरा प्रीय मित्र , नेपाली कांग्रेसका नेता प्रदीप गिरिजीको असामयिक देहावसानको खबरले अत्यन्त मर्माहत छु । प्रदीपजीको दर्शन, विचार सदैव अमर रहनेछन् । दुःखद यस क्षणमा प्रदीपजीको आत्माको चीर शान्तिको कामना साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।’
 
     
    
 
     
									 
									 
									 
									 
									 
         
        
प्रतिक्रिया