वीरगन्ज :

गिरिजाप्रसादलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो, मैले गर्न सकिन, पश्चात्ताप छः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चाताप लागेको बताएका छन् ।

सोमबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चाताप लागेको बताएका हुन् ।

आफूले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भनेको स्मरण गरे । उनले कोइरालामा राजनीतिक सुझबुझ र दुरदृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताए ।

उनले भने, ‘उहाँ नभएको भए यहाँसम्म आउने थिएन । गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो । तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो।’

उनले कोइरालाको चाहानाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै गणतन्त्र कोइराला नभएको भए आउन नसक्ने बताए । उनले शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुराको प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला भएको बताए ।

उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रिकृत राजतन्त्र ठिक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए । प्रधानमन्त्रीले जनताको अवस्था बदल्न शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका विषयमा काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *