
श्रेणी : प्रदेश
काठमाडौं,२५ पुस । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर निष्कासन (आईपीओ) मा १९ लाख ६ हजार ७४८ जनाले आवेदन दिएका छन्। तर, सर्वसाधारणका लागि उपलब्ध १८ लाख ४५ हजार कित्ता शेयरमध्ये १ लाख ८४ हजार ५ सय जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन्।
सीडीएस एण्ड क्लियरिङका अनुसार, मेरोसेयर प्रणालीमार्फत आवेदन दिने क्रममा आईपीओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ। सर्वसाधारणका लागि खुलेको १८ लाख ४५ हजार कित्ता शेयरका लागि कुल २ करोड ५१ लाख ९० हजार ३६० कित्ताको आवेदन परेको हो।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार, आईपीओ बाँडफाँट गर्दा सर्वप्रथम सबैलाई १० कित्ताका दरले शेयर उपलब्ध गराउने व्यवस्था छ। यस आधारमा, १० कित्ता शेयरको लागि १ लाख ८४ हजार ५ सय आवेदक मात्र छनोट हुनेछन् ।
करिब २ अर्ब ५१ करोड रुपैयाँ बराबरको आवेदन परेको यो आईपीओमा सर्वसाधारणको उच्च सहभागिता देखिएको छ।


प्रतिक्रिया