श्रेणी : प्रदेश
काठमाडौं,२४ पुस । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन हो। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आवेदन बैंकिङ समयसम्म मात्र खुला रहनेछ।
सीडीएस एण्ड क्लियरिङका तथ्यांकअनुसार, मंगलबार साँझसम्म कम्पनीको आईपीओमा १४ लाख ९२ हजार ७६९ जनाले आवेदन दिएका छन्। १८ लाख ४५ हजार कित्ता सेयरका लागि खुलेको यो आईपीओमा हालसम्म १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन परेको छ, जुन मागको १०.८ गुणा बढी हो।
रकममा करिब २ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ। कम्पनीले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ, जसले कम्पनीले आफ्नो दायित्व पूरा गर्न मध्यमस्तरको क्षमता रहेको जनाउँछ।
सेयर लगानीकर्ताहरूले आज आवेदन दिने अन्तिम मौका भएकाले आवेदनमा चासो अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया