श्रेणी : अन्तर्राष्ट्रिय
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुघाखोकीको औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुघाखोकीको औषधि प्रयोग गर्दा ६६ जना बालबालिकाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त औषधि प्रयोग नर्ग सुझाव दिएको हो ।
डब्ल्यूएचओले भनेको छ, ’डब्ल्यूएचओले आज पहिचान गरिएको चार दूषित औषधिहरूको लागि मेडिकल उत्पादन चेतावनी जारी गरेको छ। जुन सम्भावित रूपमा तीव्र मृगौला चोटपटक र बालबालिकाहरूमा ६६ मृत्युसँग जोडिएको छ।’
डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुघाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ। डब्ल्यूएचओका अनुसार ती औषधिहरूमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन।
प्रतिक्रिया