श्रेणी : BANNER
79Views
0
Shares
सुदूरपश्चिम । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङ प्रहरीका अनुसार मन्त्री सिंहको नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो ।
मंगलबार धनगढीबाट बझाङ जाँदै गरेको मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो। उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा श्रीमती अमृतादेवी र भाउजु जानकीको घटनास्थलमा मृत्यु भएको थियो ।
मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो। उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ ।
प्रतिक्रिया