वीरगन्ज :

गाउँपालिका अध्यक्ष यादवकाे दबावमा कमिशनकाे लागि भुक्तानी, डिपिआरमा मात्र ३० लाख भन्दा बढी खर्च

श्रेणी : BANNER

20 hours
Pradeep Sah
2.8kViews
1857 Shares

वीरगंज । पर्सा जिल्लाको सखुवा प्रसाैनी गाउँपालिकाले गत आर्थिक वर्षमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) निर्माणको नाममा ३० लाख रुपैयाँ भन्दा बढी खर्च गरेको पाइएको छ । गाउँपालिका अध्यक्ष जसवन्त यादवको नेतृत्वमा कमिशनको लोभमा तीन फरक–फरक कम्पनीलाई कुल ३० लाख ६० हजार ४७८ रुपैयाँ भुक्तानी गरिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले विभिन्न सडकहरुको डिपिआर तयार गर्न सुगि कन्सल्टेन्सी प्रालिलाई ५ लाख १५ हजार २७१ रुपैयाँ, बर्थिङ सेन्टरका स्टाफ क्वार्टर निर्माणका लागि बिराट इन्जिनियरिङ एण्ड कम्पनीलाई ९ लाख ५० हजार २६० रुपैयाँ र अन्य भवन निर्माण सम्बन्धी डिपिआरका लागि इको टेक सिभिल कन्सल्टेन्टलाई १६ लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेकाे हो ।

महालेखा परिक्षककाे कार्यालयले यसकाे लागत अनुमानका लागि कुनै स्पष्ट आधार नलिएको, कार्यान्वयनमा नगएको आयोजना भएको र गाउँपालिकाको प्राविधिक जनशक्ति प्रयोग नगर्नु अनुचित रहेको उल्लेख छ । प्रतिवेदनमा यस्तो खर्चलाई नियमविपरीतको र “सार्थकताविहीन” भनिएको छ ।

महालेखाले भविष्यमा यस्ता अध्ययन कार्य गाउँपालिकाकै प्राविधिक जनशक्तिबाट गराउनुपर्ने सुझावसमेत दिएको छ ।

यी त उदाहरण पात्र मात्र घटना हुन् । यस्तै थुप्रै कामहरु गाउँपालिका अध्यक्ष यादव कै दबावमा हुने गरेकाे बुझिएकाे छ । गाउँपालिका स्राेतका अनुसार गाउँपालिका अध्यक्षले माेटाे रकम कमाउने उदेश्यले यस्ता थुप्रै भुक्तानीहरु गराउनले गरेका छन् ।

अध्यक्ष यादवले बढी कमिशन आउने काम कामकाे भुक्तानी मात्र गराउने गरेका कारण धेरै समय त्यहाँ प्रमुख प्रशासकीय अधिकृत समेत नटिक्ने गरेकाे स्थानियहरुकाे भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *