वीरगन्ज :

गाँजा तस्करी गर्ने ३ जना धरानबाट पक्राउ

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
3.0kViews
1134 Shares

काठमाडाैं,१८ पुस । सुनसरीको धरान उपमहानगरपालिका(२० को विष्णुपादुकामा गाँजा तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ज ३१५८ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा नरोकी भागेपछि प्रहरीले पिछा गर्दै गाडीसहित गाँजा तस्करीमा संलग्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।

पक्राउ पर्नेमा गाडीका चालक धरान(२० का ३४ वर्षीय कमल राई, धरान(२० कै २३ वर्षीय प्रदीप राई र सहचालक धनकुटा साँघुरीगढी गाउँपालिका(९ का २० वर्षीय राजु विश्वकर्मा रहेको डीएसपी तिमल्सिनाले बताए।

धनकुटाबाट विष्णुपादुका हुँदै धरानतर्फ आउँदै गरेको उक्त गाडीलाई रोक्न खोज्दा नरोकी भागेको र शंका लागेर पिछा गर्दै जाँदा करिब १ किलोमिटर टाढा गएर गाडीमा भएको गाँजाको बोरा भीरबाट फाल्दै गरेको अवस्थामा उनीहरूलाई विष्णुपादुका प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दयाराम खतिवडाको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो।

बोरामा ५६ केजी गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले बताए। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *