वीरगन्ज :

‘गरिब भएर मर्नु आफ्नो गल्ती हाे ’ : गृहमन्त्री गुरुङ

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.7kViews
1683 Shares

काठमाडौँ,३० चैत । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेको आलोचनाबीच गृहमन्त्री सुधन गुरुङले कडा प्रतिक्रिया दिएका छन्।

सोमबार सामाजिक सञ्जाल Instagramमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारमा आउनुअघि इमानदारीपूर्वक आर्जन गरिएको सम्पत्ति ‘पाप’ नभएको स्पष्ट पारे।

उनले सरकारमा आएपछि भ्रष्टाचार गरेर सम्पत्ति कमाउनु नै वास्तविक ‘पाप’ भएको उल्लेख गर्दै आलोचकहरूलाई जवाफ दिएका छन्। गुरुङले लेखेका छन्, “तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो। चेतना भया!”

गृहमन्त्रीको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। कतिपयले यसलाई प्रेरणादायी भनिरहेका छन् भने आलोचकहरूले भने यस्तो टिप्पणी असंवेदनशील भएको आरोप लगाएका छन्।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै मन्त्रीहरूको आयस्रोत र पारदर्शितामाथि प्रश्न उठिरहेका बेला आएको यो प्रतिक्रिया थप चर्चाको विषय बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *