वीरगन्ज :

गण्डकी र लुम्बिनीमा अति भारी वर्षा

श्रेणी : BANNER

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले ती स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ ।

मौसम विज्ञान विभागका अनुसार स्याङ्जाको कुमालगाउँ, दाङको कोइलाबास, अर्घाखाँचीको खाँचीकोट, पाल्पाको बल्ड्याङगढी, नवलपुरको देउराली, लम्जुङको खुदीबजार, पाल्पाको तानसेन र जितपुर केन्द्रमा अति भारी वर्षा मापन भएको छ । यीमध्ये २४ घण्टाको अवधिमा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २२७.६ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले आज दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

 https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FFlowForecasting%2Fposts%2Fpfbid037BAhKiUVUnrqnq8xjZmY2f4BQ9p8YvV1Nd53gDmCHz5YFdy4j1tiC8xKN87y8xQTl&show_text=true&width=500

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *