श्रेणी : BANNER
85Views
0
Shares
गण्डकी । गण्डकी प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङसमक्ष दाबी पेस गरेका थिए। अधिकारी यसअघि गृह र स्वास्थ्यमन्त्री भइसकेका छन् । अधिकारीलाई स्वतन्त्र सांसद हैसियतले राजीव गुरुङले समेत समर्थन जनाएका छन्। आइतबार गठबन्धनको बैठकले गण्डकी प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो।
प्रतिक्रिया