वीरगन्ज :

गण्डकीका मुख्यमन्त्री अधिकारीसहित तीन मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

श्रेणी : गण्डकी

2 years
birgunj report
116Views
0 Shares

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङबाट मुख्यमन्त्री अधिकारीले शपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङको निवासमा मुख्यमन्त्री अधिकारीसँगै अन्य तीन मन्त्रीले शपथग्रहण गरेका छन् । उनीहरूले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

मुख्यमन्त्री अधिकारीसँगै पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङ छन् ।

सोमबार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गरेका अधिकारी दाबी पेस गरेको केही क्षणमै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई ३३ सांसदको समर्थन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *