वीरगन्ज :

गणेशकुमार साह प्याब्सन मधेश प्रदेश अध्यक्षमा निर्वाचित

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.1kViews
1787 Shares

जनकपुर,२७ माघ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मधेश प्रदेश समितिको अध्यक्षमा गणेशकुमार साह निर्वाचित भएका छन्। धनुषाको लालगढमा शनिबार सम्पन्न प्याब्सन मधेश प्रदेशको चौथो अधिवेशनबाट साह सर्वसम्मत निर्वाचित भएका हुन्। साह धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित गंगोत्री बोर्डिङ स्कुलका सञ्चालक हुन्।

वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र ठाकुर (रौतहट), उपाध्यक्षमा अरुण देव (सप्तरी) र पुरण प्रधान (पर्सा) निर्वाचित भएका छन्। सचिवमा लालबाबु राय (सिरहा), कोषाध्यक्षमा उज्जवल शर्मा (सर्लाही) र सहसचिवमा सिंहेश्वर पासवान (सिरहा) चयन भएका छन्।

प्याब्सनका केन्द्रिय सदस्य नरेन्द्र शर्माका अनुसार सदस्यहरूमा रामवरण यादव, पुरुषोत्तम बुढाथोकी, शिवचरण साह, र पूर्णबहादुर लामा निर्वाचित भएका छन्। १५ सदस्यीय प्रदेश समितिमा सहकोषाध्यक्ष र तीन मनोनीत सदस्य पछि चयन गरिनेछ।

कार्यक्रमको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए। मन्त्री पौडेलले नेपाललाई शिक्षाको हब बनाउन सकिने बताउँदै भने, “देशभित्र राम्रो शिक्षाको ग्यारेन्टी मात्र होइन, विदेशी विद्यार्थीहरू अध्ययनका लागि नेपाल आउने वातावरण सिर्जना गर्न सक्छौं।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *