वीरगन्ज :

गणतन्त्र दिवस भव्यताका साथ मनाउने तयारी, पर्साका प्रमुख दलहरूको सर्वदलीय सहमति

श्रेणी : मधेस

7 months
Pradeep Sah
1.6kViews
1417 Shares

बीरगन्ज,१३ जेठ ।  गणतन्त्र दिवस २०८२ को अवसरमा पर्सा जिल्लाका प्रमुख राजनीतिक दलहरूले दीपोत्सवसहित विविध कार्यक्रमको आयोजना गरी दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेका छन्।

सोमबार नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न सर्वदलीय बैठकले जेठ १५ गते साँझ ६ बजे बीरगन्जको गहवामाई मन्दिर अगाडि सामूहिक दीपोत्सव कार्यक्रम आयोजना गर्ने सहमति जनाएको हो।

बैठकले गणतन्त्रको सम्मानमा कार्यक्रमलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सर्वदलीय बैठकमा सहभागी नेताहरूमा नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मी, नेकपा एमाले पर्साका सचिव महेश दास, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, केन्द्रीय सदस्य मनोज चौधरी, कांग्रेस प्रवक्ता राकेश पाण्डेय, जनमत पार्टीका प्रदेश सदस्य राजनारायण मिश्र र वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा रहेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *