श्रेणी : BANNER
वीरगंज । गणतन्त्र दिवसकाे अवसरमा साेमबार वीरगंज कारागारबाट १९ जना कैदीबन्दीलाई रिहा गरिएको छ । विभिन्न मुद्दामा कैदी जीवन विताईरहेका १४ जनालाई कैद मिनाहा र ५ जनालाई आममाफी दिईएको हो ।
१६ औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये ५०१ जना कैदीको सजाय माफी दिएका छन् । त्यहिमध्ये सोमबार वीरगंज कारागारबाटपनि १९ जना कैदी साजय माफी पाएर रिहा भएका हुन् ।
रिहा हुनेहरु सवारी ज्यान मुद्दा, चोरी मुद्दा, हातहतियार, ज्यान मार्ने उद्योग, मानिसको लापरवाहीले ज्यान गएको, वन पैदावार, चोरी लगायतका रहेको वीरगंज कारागारका सुचना अधिकारी नवराज बर्तौलाले जानकारी दिए ।
कैदी मिनाहा हुनेहरुमा रामसिंह राय थारु, ओमप्रकाश सहनी मलाहा, प्रकाश कार्की, चन्दन कुमार, श्याम महतो कोईरी, नागेन्द्र प्रसाद कलवार, प्रज्जवल तिवारी लगायतका रहेका छन् ।
आम माफीतर्फबाट प्रमोद महतो, रामप्रसाद साह कानु, राजेश्वरप्रसाद साह कानु, जोगिन्दर सिंह राजपुत र मुनिलाल साह कानुलाई बिदाई गरिएको सुचना अधिकारी बर्तौलाले बताए ।
चालचलनमा सुधार र भुक्तान हुनुपर्ने कैद समयको पचास प्रतिशत भुक्तान गरिसकेकाहरुलाई रिहा गरिएको वीरगंज कारगारले जनाएको छ । कालिका टाईम्स
प्रतिक्रिया