श्रेणी : राजनीति
6Views
0
Shares
काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरणका लागि आफूले संरक्षकको भूमिका निर्वाह गर्ने बताएका छन् ।
बिहीबार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले गणतन्त्र स्थापनामा आफूले भूमिका खेलेको र यसको सुदृढीकरणका लागि संरक्षकको भूमिका खेल्ने बताएका हुन् ।
उनले आफू निर्वाचित भए राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर देखाउने बताए । उनले भने,‘पौडेलले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु।’
उनले आफू राष्ट्रपतिमा निर्वाचित भए सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य नगर्ने बताए ।
प्रतिक्रिया