वीरगन्ज :

गणतन्त्रका पक्षमा नेकपा एमाले देशव्यापी मोटरसाइकल र्‍याली निकाल्दै

श्रेणी : प्रदेश

11 months
Pradeep Sah
2.4kViews
1404 Shares

काठमाडौं,प १८ चैत्र । नेकपा एमालेले सोमबार देशभरका जिल्ला सदरमुकाम तथा प्रमुख सहरहरूमा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली निकाल्दै छ। गणतन्त्रका पक्षमा सचेतना फैलाउने उद्देश्यसहित र्‍यालीको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।

काठमाडौं उपत्यकामा संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकाल्ने तयारी भएको एमाले नेताहरूले बताएका छन्। राजधानीमा बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्‍याली सुरु गरिने छ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत अपिल गर्दै भने, ‘प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ, लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ।’

देशभर एमाले कार्यकर्ताहरूले मोटरसाइकल र्‍यालीमार्फत गणतन्त्रको सन्देश प्रवाहित गर्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *