वीरगन्ज :

गढीमाई मेलामा ड्रोन र तालिम प्राप्त कुकुरबाट निगरानी

श्रेणी : धर्म संस्कृति

9 months
Pradeep Sah
1.6kViews
1025 Shares

काठमाडौँ, २७ म‍ंसिर । बाराको गढीमाई मन्दिरमा लागिरहेको मेलामा पाँच सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । उक्त मेलामा सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराबाट प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमान्डमा टोली परिचालन गरिएको जनाइएको छ ।

साथै मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा गढीमाई मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

मेलामा २ वटा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ भने भीड व्यवस्थापन र निगरानी गर्न ड्रोनको समेत प्रयोग गरिएको छ । मेला परिसरमा रहेको पोखरीमा कुनै पनि घटना भएमा तत्कालै उद्धारका लागि २४ सै घण्टा तालिमप्राप्त टोली रबर बोटसहित तैनाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *