वीरगन्ज :

गढीमाइ मन्दिर दर्शनपछि बारामा भण्डारीको राजनीतिक भेटवार्ता

श्रेणी : धर्म संस्कृति

2 hours
Pradeep Sah
2.5kViews
1699 Shares

बारा,१५ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाराका नेता–कार्यकर्ताहरुसँग भेटवार्ता गरिरहेकी छन् । बीरगन्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म बारामै बस्ने भएकी हुन् ।

‘आज कलैयामा केही कार्यक्रमहरु तय भएको छ । भोलिसम्म यतै रहन्छौं’, भण्डारीसँगै रहेका नेता प्रकाश पौडेलले भने । उनका अनुसार सामाजिक संघसंस्थाका कार्यक्रम सँगै भेटवार्ता चलिरहेको छ । पूर्वराष्ट्रपति भण्डारी आज बिहान गढीमाइ मन्दिर पुगेकी थिइन् । उनलाई महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादव सहितका स्थानीयले स्वागत गरेका थिए ।

गढीमाइबाट फर्किएपछि मदन भण्डारी फाउण्डेसन बीरगन्जको कार्यक्रममा सहभागी भइन् । फाउण्डेसनले सरकारी सेवामा नाम निकाल्ने युवाहरुलाई सम्मान कार्यक्रम राखेको थियो । सम्मान कार्यक्रमपछि स्थानीय नेताहरुसँग भेटघाट चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *