वीरगन्ज :

गठबन्धन २०८४ सम्मै कायम रहने गृहमन्त्री लेखककाे दाबी

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.5kViews
1583 Shares

काठमाडौं,२९ पुस । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ सालको निर्वाचनसम्म स्थिर रहने दाबी गरेका छन्। आइतबार सिंहदरबारमा सम्पन्न विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औं बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनबारे फैलिएका हल्लाहरूलाई खारेज गर्दै यस्तो बताएका हुन्।

“यो गठबन्धन टिक्दैन भन्ने हल्ला मात्र हो। यो हल्लामा विश्वास गर्नुपर्ने कुनै आधार छैन। गठबन्धन राम्रो काम गर्दैछ र २०८४ सालको निर्वाचनसम्म कायम रहनेछ,” गृहमन्त्री लेखकले भने।

उनका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सातबुँदे सहमतिको आधारमा सरकार २०८४ सालको निर्वाचनसम्म निरन्तरता पाउनेछ।

संविधान संशोधनबारे बोल्दै गृहमन्त्री लेखकले यो प्रक्रिया चरणबद्ध हुने बताएका छन्। “संविधान संशोधनका लागि पहिला संविधानका सबल र दुर्बल पक्षको पहिचान गर्नु आवश्यक छ। संशोधन २०८७ पुग्छ या अगाडि हुन्छ, यो घोषणा गर्ने समय अहिले होइन,” उनले स्पष्ट पारे।

गृहमन्त्रीले संविधान संशोधनका लागि दुई दलको कार्यदल गठन गरी छलफल सुरु भएको जानकारी पनि दिए। उनका अनुसार आगामी १० वर्षसम्मको संवैधानिक अभ्यासबाट देखिएका राम्रा र नराम्रा पक्षहरूको अध्ययनपछि मात्र संशोधनका विषयमा सहमति हुनेछ।

गृहमन्त्री लेखकका अनुसार गठबन्धन केवल सरकार सञ्चालनका लागि होइन, दीर्घकालीन स्थायित्व र संविधानको कार्यान्वयनलाई सबल बनाउने उद्देश्यले अघि बढेको छ।गठबन्धन टिक्ने या नटिक्ने विषयमा उठेका शंकाहरूलाई खारेज गर्दै उनले सहमतिअनुसार यो सरकारले निर्धारित लक्ष्य पुरा गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *