
श्रेणी : BANNER
काठमाडौं । नयाँ सरकारको नेतृत्वका विषयमा सत्ता गठबन्धनभित्र विवाद भइरहेका बेला कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लचकता अपनाएर भएपनि गठबन्धन टुट्न दिन नहुने बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले एकल बहुमत कसैसँग नभएकाले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात् गर्न आग्रह गरेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराएर जानुपर्ने बताएका छन् । उनले भनेका छन्ः
१) गठबन्धन टुट्नु हुन्न
२) रास्वपा गाँसेर जानु तर्कपूर्ण
३) संसद ५ वर्ष टिकाउन साझा अपनत्व
४) लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र
५) रुपान्तरण अनुभूति हुने सुशासनको सूत्रबद्ध योजना
६) सत्तामा अनुभवी र नयाँको संयोजन
७) राज्यको डेलिभरी क्षमता बृद्धिमा टिम स्पीरिट

प्रतिक्रिया