वीरगन्ज :

गठबन्धनले देशलाई ओरालो बाटोमा लग्योः केपी ओली

श्रेणी : BANNER

3 years
birgunj report
49Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालो बाटोमा लगेको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा शनिबार उपत्यकामा भएको वाकथन पछि बसन्तपुरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ओरालो गतिलाई रोकेर देशलाई अगाडि बढाउन नेकपा एमालेले मात्रै सक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउन सशक्त ढंगले अघि बढ्ने बताए । उनले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनले देश, जनता, लोकतन्त्रलाई हार्न दिनु नहुने बताए ।

उनले भने, ‘नेपाल अरु कसैले चलाउने होइन, नेपाली जनताले चलाउनु पर्छ। सार्वभौम सम्पन्न जनताले चलाउनुपर्छ। देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन ।’

उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्नेमा जोड दिए । उनले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *