
श्रेणी : अपराध
1.5kViews
1294
Shares
राैतहट,०८ माघ । लागुऔषध खैरो हिरोइनसहित रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका- ४ बस्ने ३४ वर्षका प्रचण्डबहादुर थापा रहेका छन् ।
चन्द्रपुर नगरपालिका-४ स्थित हाईवे ट्रामा हस्पिटल प्राली अगाडि पूर्वपश्चिम राजमार्गबाट उनलाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलिले पक्राउ गरेको हो ।
पक्राउ परेका थापाको साथबाट एक ग्राम लागूऔषध खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार महतोले बताए ।
पक्राउ परेका थापालाई लागू औषध मुद्दामा अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया