वीरगन्ज :

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.8kViews
1411 Shares

झापा,२८ वैशाख । झापाको कनकाई नगरपालिका–२, सुकेडाँगीमा शनिबार राति एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पति कविराज हेमरम पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ३५ वर्षीय कविराज हेमरमले शनिबार राति करिब ११:२० बजे ३४ वर्षीया श्रीमती पूजा हेमरमको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका थिए। घटनापछि फरार रहेका उनलाई प्रहरी टोलीले सुरुङ्गाबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले पुजाको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जानकारी दिए। घटनाको कारण र पृष्ठभूमिमाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *