वीरगन्ज :

खानेपानी मन्त्री यादव ‘विकासको लागि वित्त’ सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.5kViews
1858 Shares

काठमाडौं,१६ असार । खानेपानी मन्त्री प्रदीप यादव संयुक्त राष्ट्रसंघद्वारा आयोजित ‘विकासको लागि वित्त (Financing for Development)’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार स्पेन प्रस्थान गरेका छन्।

उनसँगै मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य पनि स्पेनको सेभिल्ला पुगेकी छन्। मन्त्री यादवका निजी सचिव भक्तराज जोशीका अनुसार सम्मेलन असार १७ देखि १९ गतेसम्म सेभिल्लामा चल्नेछ।

उक्त सम्मेलनमा विश्वका सरकार प्रमुखहरू, क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्था, वित्तीय र व्यापारिक क्षेत्रका प्रतिनिधि, व्यवसायी, नागरिक समाज तथा संयुक्त राष्ट्र प्रणालीका पदाधिकारीहरू सहभागी हुनेछन्।

नेपालले सम्मेलनमा अल्पविकसित, साना तथा टापु राष्ट्रहरूको तर्फबाट आवाज उठाउने तयारी गरेको छ।
सम्मेलनमा धनी मुलुकहरूबाट गरिब राष्ट्रप्रति गरिएका लगानी प्रतिबद्धताहरूको कार्यान्वयनबारे पनि गम्भीर छलफल हुने बताइएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको निमन्त्रणमा सम्मेलन आयोजना गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *