वीरगन्ज :

खानेपानी मन्त्री यादव र जापानका राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

श्रेणी : प्रदेश

9 months
Pradeep Sah
2.5kViews
1238 Shares

काठमाडौं,१४ चैत । खानेपानी मन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । यो भेटवार्तामा मन्त्री यादवले जापानका लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न प्रोत्साहित गर्न विशेष आग्रह गरेका छन् ।

मन्त्री यादवले नेपालका विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानीको अपार सम्भावना रहेको उल्लेख गर्दै, “नेपाल सरकारले विदेशी लगानीकर्ताहरूको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ,” भने ।

नेपाल–जापानको सम्बन्ध ऐतिहासिक र प्रगाढ रहेको भन्दै मन्त्री यादवले १९५६ मा स्थापित कूटनीतिक सम्बन्ध अझ बलियो र मैत्रीपूर्ण बन्दै गएको बताए। उनले जापान सरकार, नागरिक र संस्थाहरूको सहयोगका लागि आभार व्यक्त गर्दै, “नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्व दिँदै आएको छ,” भने ।

मन्त्री यादवले जापान सरकारले नेपालका विभिन्न खानेपानी परियोजनामा योगदान गरेको उल्लेख गर्दै, “जापानको सहयोगले १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, १९९३ मा महाङ्कालचौर पानी प्रशोधन केन्द्र र हाल मेलम्ची खानेपानी आयोजना अन्तर्गत प्रशोधन केन्द्रमा महत्वपूर्ण भूमिका निभाएको छ,” भने ।

त्यसैगरी, राजदूत माएदा तोरूले जापान सरकारले नेपालमा विगतदेखि नै विभिन्न विकास परियोजनामा योगदान गर्दै आएको र भविष्यमा पनि शिक्षा, स्वास्थ्य, र खानेपानी क्षेत्रहरूमा निरन्तर सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने हेतुले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *