
श्रेणी : BANNER
2.0kViews
1733
Shares
काठमाडौं, २६ माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो ।
क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

प्रतिक्रिया