वीरगन्ज :

खानेपानी बजेट जनताकै राय र सुझावमा आधारित हुने : मन्त्री यादव

श्रेणी : BANNER

5 months
Pradeep Sah
1.6kViews
1550 Shares

सिन्धुपाल्चोक,२४ माघ — खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानी बजेट कुनै दबाब वा धाँधलीका आधारमा नभई उपभोक्ता समिति र नागरिकको राय–सुझावलाई ध्यानमा राखेर बनाइने बताएका छन्।

बिहीबार सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले यस्तो घोषणा गरेका हुन्।

उनले देशभरका करिब ४२ हजार उपभोक्ता समितिको रायलाई सम्बोधन गर्दै बजेट निर्माण हुने स्पष्ट पारे। मन्त्री यादवले भने, “खानेपानीको समस्या उपभोक्ता समिति मात्रले पूर्ण रूपमा बुझ्न सकेका छैनन्। त्यसैले उपभोक्ताहरूको राय र सुझावलाई प्राथमिकता दिएर बजेट बनाइनेछ।”

मन्त्री यादवले खानेपानी नागरिकको मौलिक हक भएकाले उपभोक्ताबाट लिइँदै आएका करहरू अन्त्य गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “पानीमा सरकारले कर लिने विषय राम्रो होइन।”

सिन्धुपाल्चोक जिल्लाका लागि आगामी बजेटमा विशेष व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले शुद्ध खानेपानीको उपलब्धता २७ प्रतिशतबाट ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

मन्त्री यादवको यो प्रतिबद्धता नागरिकको मौलिक हकलाई संरक्षण गर्न र खानेपानी क्षेत्रमा सुधार ल्याउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *