वीरगन्ज :

खाजाघरको नाममा अवैध क्रियाकलाप, दुई जना पक्राउपछि थप अनुसन्धान सुरु

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.9kViews
1592 Shares

काठमाडौं,१९ चैत । काठमाडौंमा खाजाघरको आडमा अवैध गतिविधि सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरो को टोलीले सिन्धुपाल्चोकका सुकुमाया तामाङ र प्रमोद तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मनमैजु क्षेत्रमा सञ्चालन भएका दुई खाजाघरमा महिलाहरूलाई कामको प्रलोभन देखाएर गैरकानुनी क्रियाकलापमा संलग्न गराइएको आरोप छ। सरसफाइ तथा भान्साको काम दिने भन्दै मासिक ७ हजारदेखि १५ हजार रुपैयाँसम्म तलबको लोभ देखाई युवतीहरूलाई फसाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ।

पक्राउ परेका दुवैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *