श्रेणी : BANNER
काठमाडौं । निर्वाचन आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई कात्तिक ५ गतेसम्म अन्तिम समय दिएको छ।
आयोगले सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र नबुझाएमा उम्मेदवारी रद्द हुने चेतावनीसमेत दिएको छ। स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवार हुन नसक्ने निर्वाचन आयोगले स्पष्ट पारेको हो।
‘२०७९ कात्तिक ५ गते कार्यालय समयभित्र बुझाए जरिवाना असुलउपर भएको कायम गरी कानुनबमोजिम गर्न र जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगले गरेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया