वीरगन्ज :

क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

श्रेणी : खेलकुद

2 years
birgunj report
144Views
0 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । क्यानको निर्वाचनमा अध्यक्षमा चन्दको मात्रै उम्मेदवारी परेको हो । उनीविरुद्ध बर्दियाका विनय भण्डारीले उम्मेदवारी दिने बताए पनि अन्तिमसमयमा उनी ब्याक भएका छन् ।

क्यानको अध्यक्ष पदका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्छ । भण्डारीले प्रस्तावक र समर्थक पाउन नसकेको बताइएको छ ।

नयाँ विधान लागू भएपछि चन्द लगातार दुई कार्यकाल अध्यक्ष भएका थिए भने २०१४ मा उनी अध्यक्ष हुँदा  क्यान निलम्बनमा परेपछि काम गर्न पाएका थिएनन् ।

उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *