वीरगन्ज :

क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ

श्रेणी : BANNER

3 years
birgunj report
41Views
0 Shares

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।

उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ। सन्दीपले आफू स्वदेश फर्किन लागेको जानकारी गराएपछि बिहानैदेखि विमानस्थलमा प्रहरी तैनाथ भएको थियो।

सन्दीपले नेपाल फर्केसँगै प्रहरीसँग आत्मसमर्पण गर्ने र कानुनी लडाइँ लड्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए। क्रिकेट खेल्न केन्या पुगेका बेला लामिछानेविरुद्ध गत भदौ २१ गते एक किशोरीले करणीको जाहेरी दिएकी थिइन्। लामिछानेविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *