
श्रेणी : BANNER
वीरगंज (पर्सा), ०२ बैशाख । किङ्ग्स क्यासिनोमा फेरि नेपालीहरुको जमघट हुन थालेको रहस्य उजागर भएको छ। केहीदिन यता प्रहरीको विशेष निगरानीमा रहेको किङ्ग्स क्यासिनोमा पुनः नेपालीमूलका नागरिकहरू प्रवेश गर्न थालेको हो।
क्यासिनो कुलतमा लागेर बारा,पर्सा र रौतहट जिल्लाका अधिकान्स युवापुस्ताहरु घरबारविहीन भएका छन। क्यासिनोमा फलास, मैरिज ,रोलेट, किटी ,बैक्रेट लगाएतका जुवा भईरहेको समाचार स्रोतको दाबी रहेको छ। स्रोतका अनुसार दिनहुँ सयौंको संख्यामा नेपालीहरू सहजै तरिकाले प्रवेश गर्न सक्छन् । मधेस प्रदेशको वीरगन्जमा ४ वटा क्यासिनो संचालनमा रहेको छ। यी सबैमा नेपालीहरु प्रवेश गरेर दिनहुँ जुवा,तास खेलिरहेका छन। जबकि नेपालको कानुनले क्यासिनोमा नेपालीहरूलाई प्रवेश गर्न निषेध गरेको छ। देशमा आर्थिक मंडी चलेको बेला अहिले वीरगन्जमा क्यासिनो संचालन गराएर केही बिचौलियाहरु र क्यासिनो साहु आर्थिक रुपले मोटाएका हुन। वीरगन्जबाट कमाएर काठमाडौंमा आलिशान होटल बनाउने योजना रहेको उनी निकटले बताएका छन्। मधेस प्रदेशको युवाहरूलाई कंगाल बनाएर आफ्नो दुनो सोझ्याउन क्यासिनो संचालक कमल केसी र सुरज मानन्धर चतुर खेलाडी रहेका छन्। केही युवाहरूलाई प्रलोभनमा पारेर आफ्नो आर्थिक अवस्था सबल र अबल बनाउन सफल भएका हुन । क्यासिनो कारणले कतिपय नेपालीहरुले आत्म हत्या समेत गरेका छन । यसको कुनै मापदण्ड रहेको छैन ,किनकि जुवाडे अड्डाको लाइसेन्स सरकारले अविलम्ब खारेज गर्नुपर्यो। नत्र धेरैजसो नेपालीहरुको बालबालिकाहरु टुहुरो हुने अवस्था बेर लाग्दैन। साथै स्थानीय सरकारको निगरानी यस्ता गतिविधि गर्ने क्यासिनोलाई अनुसन्धानको घेरामा किन ल्याउन सकिरहेका छैन । सर्वसाधारणहरुको लागि चासोको बिषय बनेको छ। महानगरलाई के कति मनोरञ्जनात्मक कर बुझाएका हुन त्यसको कुनै मापदण्ड नरहेको समाचार स्रोतले बताएका छन। साथै नगरबासिहरुले क्यासिनोको कारणले यहाँका अधिकान्स नेपालीहरुको उठिबास लागेको हो । यसतर्फ प्रहरी प्रशासनको ध्यान नजानुले प्रहरी प्रतिको बिश्वास घटेको र संचालकलाई कार्यवाही हुने कि नहुने प्रहरी पनि शंकाको घेरामा रहेको स्थानीयहरुको आरोप रहेको छ। तसर्थ क्यासिनोका सह संचालक सुरज मानन्धर संग फोनमा कुरा गर्दा नेपालीहरु तपाईंको क्यासिनोमा प्रवेश गरेको बिषयमा प्रतिक्रिया लिने क्रममा उहाँले भन्नुभयो वीरगन्जको सबै क्यासिनोमा नेपालीहरु सहजै छिरेको छ ,त्यहा गएर हेर्नुस् तपाईं आफ्नो काम गर्नुस हामी आफ्नो काम गरछौ भनेर गैरजिम्मेवार प्रतिक्रिया दिएका हुन ।

प्रतिक्रिया